Techie IT
×
गृहपृष्ठसमाचारबाढी, पहिरोमा परी थप ३ जनाको मृत्यु

बाढी, पहिरोमा परी थप ३ जनाको मृत्यु


काठमाडौं, १५ साउन । कालीकोट, सान्नीत्रिवेणी गाउँपालिका-६ स्थित लाली खोलामा बिहीबार बिहान आएको पहिरोमा परी सोही स्थान बुढागाउँ बस्ने ६० वर्षीय पर्शुराम सन्ज्याल र उनकी बुहारी २८ वर्षीया तारा सन्ज्यालको मृत्यु भएको छ । खानेपानी लिनको लागि उक्त खोला गएका उनीहरूको माथिबाट आएको पहिरोमा परी घटनास्थलमै मृत्यु भएको हो ।

नकपुर, हुप्सेकोट गाउँपालिका-२ र ३ को सिमानामा पर्ने गिरुबारी खोलाले बगाउँदा सोही गाउँपालिका-२ बस्ने २४ वर्षीया सीता परियारको बिहीबार बिहान मृत्यु भएको छ । सीता, २८ वर्षीया तारा परियार र २२ वर्षीया भुमीसरा परियारसँग सोही गाउँपालिका-३ मा लेबर काम गर्ने आफ्नो श्रीमानलाई खाना पुर्‍याउन जाँदा खोलाले बगाएमा खोजी गर्दा  सिम्रेनी भन्ने ठाँउमा उनको शव फेला परेको हो ।


क्याटेगोरी : समाचार


Leave a Reply

Your email address will not be published. Required fields are marked *