गृहपृष्ठ ∕
समाचार ∕
गौतम बुद्धको सुनको मूर्ति ल्याइदिने भनी १४ लाख रुपैंया लिएपछि….
गौतम बुद्धको सुनको मूर्ति ल्याइदिने भनी १४ लाख रुपैंया लिएपछि….
काठमाडौं, १५ साउन । सुनको बुद्दमूर्ति बिक्री गर्ने भनी ठगी गर्ने २ जनालाई उपत्यकाका विभिन्न स्थानहरूबाट महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिबास नगरपालिका–८ बस्ने २१ वर्षीय अनिल बाँनिया र रामेछाप मन्थली नगरपालिका(२ घर भई काठमाडौं जोरपाटी बस्ने ३७ वर्षीय बसन्त श्रेष्ठ रहेका छन् ।
आफूहरूसँग आधा किलो सुनसहितको गौतम बुद्दको मूर्ति रहेको र किन्ने भए २० लाख रुपैयाँमा बेच्छौं भनी नगद १४ लाख रुपैयाँ समेत लिई फरार रहेका उनीहरूलाई नगद १ लाख ९५ हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी :
समाचार