Techie IT
×
गृहपृष्ठसमाचारचेक रिपब्लिक पठाइदिन्छु ११ लाख ठगी

चेक रिपब्लिक पठाइदिन्छु ११ लाख ठगी


काठमाडौं, १५ साउन । चेक रिपब्लिक पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा धादिङ निलकण्ठ नगरपालिका–१२ बस्ने २६ वर्षीय रमेश कमरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विदेश पठाइदिने प्रलोभनमा पारी नगद ११ लाख १३ हजार रुपैयाँ रकम ठगी गरी फरार रहेका उनलाई प्रहरीले काठमाडौं बसुन्धाराबाट उनलाई पक्राउ गरेको हो ।

रमेशले अन्य १५ जना व्यक्तिहरूबाट समेत विभिन्न देश पठाईदिन्छु भनेर नगद १८ लाख रुपैयाँ समेत ठगी गरेको खुल्न आएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस