काठमाडौं, १५ साउन । कोरोनाभाइरस जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सेवाग्राहीको भीडभाड कम गर्न साउन १८ गतेदेखि लागु हुने गरी नयाँ नियम ल्याएको छ। काठमाडौं जिल्ला प्रशासनले सामाजिक दूरी कायम गर्न भन्दै उक्त नियम ल्याएको हो ।
नयाँ नियम अनुसार नागरिकता प्रमाणपत्रलगायत सेवा लिन काठमाडौं महानगरबासीले आइबार कार्यालयबाट सेवा पाउनेछन्।
त्यस्तै सोमबार कीर्तिपुर, नागार्जुन र चन्द्रागिरी नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन्। भने मंगलबार फेरि काठमाडौं महानगरबासीले सेवा पाउँछन्।
त्यसैगरी बुधबार बुढानिलकण्ठ, टोखा, कागेश्वरी मनोहरा नगरपालिकाले र बिहीबार पुन काठमाडौं महानगरबासीले सेवा पाउने भएका छन्। शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन्।
शान्ति सुरक्षा र कानुनबमोजिम हुने मुद्दाका लागि भने शनिबारबाहेक यथावत कार्यालय संचालन हुनेछ। तोकिएका बार मिलाएर मात्र सम्बन्धित सेवाग्राही कार्यालयमा आउन जिल्ला प्रशासन कार्यालय, काठमाडौंले भनेको छ ।
यस्तो छ नयाँ नियमको सूचना:

क्याटेगोरी :
समाचार