शिब बच्चनले फेरी गुहारे दुताबास
नेपालमा रहेको स्प्रिंग नेपाल ह्युमन रिसोर्से कम्पनीमा २ लाख रुपैयाँ बुझाएको दाबी
यूएई । असहयोग गरेको भन्दै नेपाली दुताबास अबुधाबी बिरुद्द अभिव्यक्ति दिएर अन्तर्राष्ट्रिय मिडियामा छाएका नेपाली कामदार शिब बच्चन रौनियारले उद्दार गरिदिनको लागि नेपाली दुताबासलाई फेरी गुहारेका छन् ।
रौनियार र अर्का एक नेपाली कामदार अजय महतोले आफुलाई ठगी गर्ने नेपालको म्यानपावर कम्पनी स्प्रिंग नेपाल हियुमन रिसोर्सेज़लेअफिस बोई र टाईल मार्बलको कामको लागि अबुधावीमा रहेको एक कम्पनीमा काम लगाउने भन्दै ठगी गरी २ लाख रुपैंया लिएको भन्दै उक्त म्यानपावर कम्पनीलाई कारबाही गर्न माग गरेका छन् ।

आफुहरु यूएई आएर आएर २ घण्टा पनि काम गर्न नपाई कामबाट निस्कासित भएको भन्दै हाल सडकको बास भएको निबेदनमा उल्लेख गरेका छन् । २८ जुलाईमा उनीहरुले नेपाली दुताबास अबुधावीलाई निबेदन लेखेर उद्दार गरिदिन अनुरोध गरेका हुन् ।
यस अघि उनीहरु दुई पटक सम्म यात्रा अनुमति नभएको भन्दै एयरपोर्टबाट फिर्ता भएका थिए । हाल उनीहरु एनआरएनयूएईको संरक्षणमा छन् ।
क्याटेगोरी :
प्रवास,
समाचार