मोटरसाइकल दुर्घटनामा न्यूरोडका निरज सिख्राकारको मृत्यु
काठमाण्डौ, २९ जेठ । काठमाण्डौको कपुरधारामा मोटरसाइकल दुर्घटना हुँदा न्यूरोडका निरज सिख्राकारको ज्यान गएको छ ।
बुधबार बेलुकी बा ९५ प ६४८ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा घाइते भएका न्यूरोडका ३४ वर्षका निरज सिख्राकारको शिक्षण अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी :
समाचार,
बाग्मती प्रदेश