Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

ल्याटिन अमेरिकामा बढ्दो चिनियाँ प्रभावबाट अमेरिकी थिंक टयांक चिन्तित


काठमाडौ । ल्याटिन अमेरिकामा चिनियाँ प्रभाव बढदै गएकोमा अमेरिकी थिंक टयांकले चिन्ता व्यक्त गरेका छन् । अमेरिकी सरकारलाई ल्याटिन अमेरिकामा प्रभाव कायम गर्न नम्र विधि अपनाउन भने पनि त्यसअनुरूप काम नगरेकोमा उनीहरुको चिन्ता बढेको हो ।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प सत्तामा आइरहँदा ल्याटिन अमेरिकामा चीनको प्रभाव शुरू हुन थालेको थियो । त्यतिखेर ट्रम्प राष्ट्रवादी र आप्रवासन विरोधी धुन गाइरहेका थिए ।

चीनले त्यहाँबाट ऊर्जा ,धातु र खाने कुराको आपूर्तिका लागि प्रयास गरिरहेका थिए । सन् २०००मा चीन र ल्याटिन अमेरिका बीचको व्यापार १२ अर्ब अमेरिकी डलर बराबरको थियो । यो सन् २०१९मा बढेर ३१५ अर्बमा पुग्यो । चीन ब्राजिल, चिली, उरुग्वे, पेरु र अर्जेन्टिनाका मुख्य साझेदार हो ।

ल्याटिन अमेरिकी देशहरूको चीनसँगको व्यापारसम्बन्ध फस्टाउनुमा ती देशहरुले चीनसँगको आर्थिक सम्बन्धबाट फाइदा उठाउन सक्नु हो । चीनसँगको सम्बन्धबाट ल्याटिन अमेरिकी देशलाई आर्थिक फाइदा भएकोले व्यापार सम्बन्ध फस्टाउँदै गएको हो ।

ल्याटिन अमेरिकी देशमा चीनको व्यापार फस्टाउनुमा हैकमवादी नीति नभएको प्रस्ट भएकाले अमेरिकाले यसलाई ध्यान दिनुपर्ने आवश्यकता रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


ताजा अपडेट