Techie IT
×
गृहपृष्ठसमाचारगोंगबुस्थित गेष्टहाउमा आत्महत्या गर्न खोज्ने व्यक्तिको उद्दार

गोंगबुस्थित गेष्टहाउमा आत्महत्या गर्न खोज्ने व्यक्तिको उद्दार


काठमाडौं, १३ साउन । काठमाडौं महानगरपलिका–२६ बिजि मलस्थित एक गेष्ट हाउसको ३०१ नम्बरको कोठामा आत्महत्या गर्ने खोज्ने ३४ वर्षीय एक व्यक्तिको सोमबार बिहान प्रहरीले उद्दार गरेको छ ।

ती व्यक्तिले आफ्नो फेसबुक पेजमा जिन्दगीमा धेरै तनाब भएर केही सोच्ने क्षमता नभएपछि आत्महत्या गर्दैछु कसैको केही दोष छैन, म मरेको खबर मेरो घरमा नपठाइदिनु होला लगायत लेखेर पोष्ट गरेको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले उनको सकुशल उद्दार गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार