कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, १३ साउन । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी गोरखा अजिरकोट गाउँपालिका–४ का गोर्खे भन्ने २२ वर्षीय सुरज नेपालीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
गत जेठ १० गते बिहान काठमाडौं टोखा नगरपालिका–२ खेगल पाखास्थित तिलवक खोलामा करिब २६ वर्षीय पुरुषलाई मारी फरार भएका उनलाई प्रहरीले अजिरकोट गाउँपालिकाको हिमालयन मा.बि. सिम्जुङमा फेला पारी पक्राउ गरेको हो ।
यस थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी :
समाचार