Techie IT
  • २०८१ जेष्ठ ५, शनिबार

स्वर्गद्वारी दर्शन गरेर फर्केको जिप दुर्घटना हुँदा केही यात्रु घाइते


बुटवल, २९ जेठ । प्युठानको स्वर्गद्वारी दर्शन गरेर फर्केको जिप दुर्घटना हुँदा केही यात्रु घाइते भएका छन् । जिपमा चालकसहित आठ जना सवार थिए । उनीहरू गम्भीर घाइते रहेको र मानवीय क्षतिसमेत भएको हुनसक्ने प्रहरीको आशंका छ । लु १ च ६३४५ नम्बरको ८ जना सवार गाडी स्वर्गद्वारी दर्शन गरी फर्किँदै गर्दा स्वर्गद्वारी नपा ४ उपल्लो भिङ्रीमा अनियन्त्रित भई दुर्घटना भएको हो । स्थानीयका अनुसार घटनामा परेको गाडीमा सवार ८ जना एकै ठाउँका हुन् । प्रहरीले मृत्युको पुष्टि नगरे पनि सबैलाई अस्पताल पठाउन थालेको र अवस्था छुट्याउन नसक्ने रहेको जनाएको छ । दाङको लमही(५ बाट स्वर्गद्वारी पुगेको गाडीमा सवारहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट