गृहपृष्ठ ∕
समाचार ∕
कमलादीबाट बरामद १५ किलो गरिएकोमा ५०० ग्राम मात्रै सक्कली सुन
कमलादीबाट बरामद १५ किलो गरिएकोमा ५०० ग्राम मात्रै सक्कली सुन
काठमाडौँ । कमलादीबाट बरामद भएको १५ किलो पहेँलो धातुमध्ये ५ सय ग्राम मात्रै सक्कली सुन भएको पाइएको छ । मंगलबार बिहान कमलादीमा गाडीमा आएका व्यक्तिले बाटोमा फ्याँकेको झोलामा भेटिएको १५ किलो पहेँलो धातु परीक्षण गर्दा ५ सय ग्राम सुन भेटिएको प्रहरीले जानकारी दिएको छ ।
गाडीमा आएका व्यक्तिले १५ किलो पहेँलो धातुसहित २ वटा पेस्तोल रहेको झोला बाटोमा फ्याँकेका थिए । त्यसपछि उक्त धातु परीक्षणका लागि नेपाल सुनचाँदी व्यवसायी संघ, काठमाडौंमा लगिएको थियो । अन्य धातुमा सक्कली सुन मिसाएर कसैलाई ठग्ने योजना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ ।
गाडीमा भागेका व्यक्ति भएको खोजी भइरहेको प्रहरीले जनाएको छ । फरार व्यक्तिको खोजीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोली खटिएको छ । फरार व्यक्तिको पहिचान भइसकेको प्रहरीले दाबी गरेको छ ।
घटनाको विस्तृत विवरण केही बेरमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।
क्याटेगोरी :
समाचार
ट्याग : #hot