काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद
काठमाडौं, १३ साउन। काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद भएको छ ।
महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको हो । यो सुन भए भए/नभएको परीक्षणका लागि पठाइएको छ ।
प्रहरी टोलीले पिछा गर्ने क्रममा तस्करहरु सुन र दुई थान पेस्तोल छाडेर भागेको प्रहरीले जनाएको छ । यसबारे जानकारी दिन आज प्रहरीले पत्रकार सम्मेलन समेत गर्दैछ ।
क्याटेगोरी :
समाचार
ट्याग : #hot