गृहपृष्ठ ∕
समाचार ∕
पसलहरु खुला गर्ने, निजी सवारी साधन र ट्याक्सी चल्न दिने
पसलहरु खुला गर्ने, निजी सवारी साधन र ट्याक्सी चल्न दिने
काठमाडौं, २९ जेठ । सरकारले हाल जारी लकडाउनको मोडालिटीमा केही परिवर्तन गरी पसलहरु खुला गर्ने तथा निजी सवारी साधन र टयाक्सीलाई जोर विजोरका आधारमा चलाउन दिने भएको छ ।
सवारी साधनको पछाडिको अंक जोर भएकाले जोर गते र विजोर गतेका दिन चलाउन पाउने उर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनले बताए । उनका अनुसार कोरोना संक्रमण नियन्त्रण तथा व्यबस्थापन सम्बन्धी केन्द्रीय निकाय सीसीएमसीले निर्धारण गरेको प्रक्रिया पूरा गरी व्यबसायहरु पनि सञ्चालन गर्न दिइने निर्णय भएको छ ।
यससम्बन्धी पूर्ण निर्णय भने विहीवार सार्वजनिक गरिने उनले जानकारी गराए।
बुधबार राती अबेरसम्म बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयबारे औपचारिक जानकारी विहीबार पत्रकार सम्मेलन मार्फत दिइने बताइएको छ ।
क्याटेगोरी :
समाचार
ट्याग : #breaking