पर्वत, १२ साउन । नक्कली बहुमुल्य ढुङगा देखाई ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा ४ जनालाई विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा फलेवास नगरपालिका-५ खानिगाउँ बस्ने ४० वर्षीय निर्मल विक, निज बिककी श्रीमती ३६ वर्षीया गुमा विक, जलजला गाउँपालिका–३ डेरा गरी बस्ने बागलुङ, बागलुङ नगरपालिका–१४ बलेवा घर भएका ३५ वर्षीय मञ्जिल शाह र म्याग्दी बेनी नगरपालिका–२ ज्यामरुक घर भई सोही नगरपालिका-७ हुलाकचोक डेरा गरी बस्ने २४ वर्षीय मनिष बोहोरा रहेका छन् ।
निर्मल विकले स्याङ्जा चापाकोट नगरपालिका(६ स्थायी घर भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका–८ सुख्खाटोल बस्ने देव बहादुर मल्ललाई आफूसँग बहुमूल्य ढुङगा छ भन्दै लोभ देखाई ५० हजार रुपैयाँ लिएर पत्नी गुमाको नाममा पर्वत जिल्लाको ठेगानामा पठाएको र उक्त ढुंगा नक्कली समेत भएको अनुसन्धानको क्रममा खुल्न आए पश्चात उक्त कार्यमा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ व्यक्तिहरु उपर ठगी सम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी :
समाचार