कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु
काठमाण्डौ, १२ साउन । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ ।
पर्साको वीरगञ्ज नगरपालिकाका ६५ वर्षीय पुरुष र धनुषाको शहीनगर नगरपालिकाका ३६ वर्षीय पुरुषको हिजो र बाराको ठेटा गाउँपालिका निवासी ६० वर्षीय पुरुषको सोमबार मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ
क्याटेगोरी :
समाचार
ट्याग : #Corona,
#hot