कैलीमा ट्रकको ठक्करबाट युवतीको ज्यान गयो
कैलाली, १२ साउन । कैलालीमा ट्रकको ठक्करबाट युवतीको ज्यान गएपछि स्थानीय बासिन्दाले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
बौनियामा बिहान ट्रकको ठक्करबाट स्कुटर चालक लम्कीचुहा नगरपालिका ६ कि २६ वर्षकी सन्तोषी बोहोराको ज्यान गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
ना ६ ख ३३४० नम्बरको ट्रकले से ६ प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । स्थानीय बासिन्दाले अवरोध गरेपछि गाडी र यात्रु बाटोमै रोकिएका छन् । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी :
प्रदेश,
सुदूरपश्चिम प्रदेश,
समाचार