Techie IT
×
गृहपृष्ठसमाचारछेङ्दुस्थित अमेरिकी महावाणिज्य दूतावास क्षेत्रको आवातजावत बन्द

छेङ्दुस्थित अमेरिकी महावाणिज्य दूतावास क्षेत्रको आवातजावत बन्द


काठमाडौ । सोमबार बिहानदेखि छेङ्दुस्थित अमेरिकी महावाणिज्य दूतावास क्षेत्रमा आवतजावत बन्द गरिएको छ ।

महावाणिज्य दूतावासको सो भवन खाली गराउन भने अनुसार अमेरिकाले सो भवन सोमबार खाली गर्ने अपेक्षा गरिएको छ ।

अमेरिकाले हउस्टनमा रहेको चिनियाँ महावाणिज्य दूतावासको भवन खाली गराउन भनेको केही दिन पछि चीनले पनि छेङ्दुको अमेरिकी महावाणिज्य दूतावास खाली गर्न भनेको थियो ।

चीनले अमेरिकालाई सो दूतावास खाली गर्न शुक्रबार भनेको थियो । अमेरिकाले ७२ घन्टे अल्टिमेट जस्तो चीनले कुनै समय सीमा तोकेर खाली गर्न नभनको भएपनि सोमबार खाली गर्न सक्ने अपेक्षा गरिएको छ ।

आइतबार राति छेङ्दु स्थिति त्यो भवन परिसरमा ठूलो ट्रक प्रवेश गरेको समाचारमा भनिएको छ । त्यो भवनमा जडान गरिएका वस्तु उखेलिने प्रयासमा घनका आवाजहरू सुनिएको छ । सोमबार बिहान अमेरिकी झण्डा हटाइएको छ । अमेरिका र चीनबीचको सम्बन्ध बिग्रिदै गएको छ


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस