Techie IT
×
गृहपृष्ठसमाचारकर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ


कैलाली, ११ साउन ।कर्तव्य ज्यान मुद्दाका दश वर्षदेखि फरार प्रतिवादी कैलाली धनगढी उपमहानगरपालिका–१ बस्ने ४० वर्षीय सुर्वण श्रेष्ठलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँ बस्ने ४१ वर्षीय सुरेन्द्र बहादुर सिंहलाई २०६८ मंसिर १८ सोही उपमहानगरपालिका–८ धनगढीस्थित दुर्गा मन्दिरमा लागेको मेला हेर्न गएको समयमा सुर्वण समेतका २ जनाले कुटपिट गरी घाइते बनाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । घटना पश्चात दुवै जना फरार रहेकोमा अर्का प्रतिवादीलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा सम्पुर्ण अनुसन्धान कार्य पुरा गरी कैलाली अदालतबाट जन्म कैद २० वर्ष फैसला भएको र सुवर्ण हालसम्म फरार रहेकाले खोजी गर्ने क्रममा सोही उपमहानगरपालिका–९ स्थित लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीका लागि कैलाली जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस