Techie IT
×
गृहपृष्ठसमाचारविगतको कमजोरी सच्याउन सक्ला प्रहरीको नयाँ नेतृत्वले ?

विगतको कमजोरी सच्याउन सक्ला प्रहरीको नयाँ नेतृत्वले ?


कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको दुई वर्ष पुगेको छ । तर, यो बलात्कार र हत्या प्रकरण नेपालको गृह र प्रहरी प्रशासनको सामु अनौठो परिघटनाको रुपमा लिएर शिक्षा लिनुपर्ने भएको छ ।

प्रहरीले अनुसन्धान गरेर एउटा तथ्य पत्ता लगाउँछ र कार्वाही अगाडि बढाउँछ अनि नेपाली कांग्रेससहित विभिन्न राजनीतिक दल, केही पत्रकार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु प्रायोजित रुपमा नयाँ नयाँ दोषी देखाउँछन् र प्रहरीले अनुसन्धान गरेर निक्र्याैल गरेका दोषीलाई उन्मुक्ति दिलाउँछन् । तत्कालीन प्रहरी प्रमुख सर्वेन्द्र खनाल पनि भीडबाट प्रभावित भए र अनुसन्धानमा खटिएका आफ्नै उत्कृष्ट प्रहरी अधिकारीलाई बरु बलीको बोको बनाएर पनि सुनियोजित भीडसँग आत्मसमर्पण गरे । आफ्नो पद खतरामा पर्छ कि भनेर आफू र आफ्नो टिमले पत्ता लगाएको सत्यलाई छोपे । समाजलाई भ्रम पैदा गर्ने सहयोगी औजार बनिरहे ।

प्रहरी अनुसन्धानले निर्मलाको बलात्कार र हत्या प्रकरणमा दोषी स्पष्ट निक्र्याैल गरेको छ । माथिदेखि तलसम्मका प्रहरीहरु यसमा स्पष्ट थिए, छन् । प्रारम्भमा घरपरिवारका सदस्यहरु विभिन्न मानव अधिकार संस्था र वाहिरी प्रभावमा परेर बहकिए तर पछि प्रहरीको अनुसन्धानलाई स्वीकारे । खासगरी निर्मलाको आमाको बुझाइ र प्रहरीको अनुसन्धानको लय मिलेको छ । प्रहरीले अनुसन्धान गरेर दोषी ठह¥याएकालाई कानुनी कार्वाही गर्न उनले माग गरिरहेकी छिन ।

पूर्व आईजीपी सर्वेन्द्र खनालले भीडबाट प्रभावित भएर, प्रहरी प्रशासन चलाउने कमजोर नेतृत्व क्षमताका कारण यो मुद्धालाई तार्किक निश्कर्षमा पु¥याउन सकेनन् । यसको असर प्रहरीको अनुसन्धान र न्याय दिने कुरामाथि नै प्रश्न बल्झीबल्झी उठिरहेको छ । राजनीतिप्रति बढी प्रहरी प्रमुखको भूमिकामा कमका कारण पूर्व आईजीपीले सिङ्गो प्रहरी प्रशासनलाई नेतृत्व गर्दामात्र होइन नेतृत्व छाडेको एक महिनामा नै शिर निहुराउने कार्य गरे । तत्कालीन समाजवादी पार्टीका सांसदलाई प्रदेश दुईबाट अपहरण शैलीमा काठमाडौंमा ल्याउने लज्जास्पद कार्य गरे ।

प्रहरीमा भएको कमजोरीलाई सच्याउने कार्य अहिलेको प्रहरी नेतृत्वको व्यावसायिक टिमले गर्ने विश्वास गरिएको छ । भीडबाट प्रभावित नभई अनुसन्धानबाट पाइएको तथ्य र सत्यका आधारमा दृढ निर्णय लिन प्रहरी प्रशासन चुक्नु हुँदैन । प्रहरी संयन्त्रलाई नै कमजोर सावित गर्दै गरेको निर्मला प्रकरणलाई नयाँ नेतृत्वले सही ढंगले व्यवस्थापन गर्न सफल हुने विश्वास धेरैले लिएका छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया दिनुहोस