Techie IT
×
गृहपृष्ठभिडियोमास्क नलगाउनेविरुद्ध संक्रामक रोग नियन्त्रण ऐन अनुसार कार्वाही हुने

मास्क नलगाउनेविरुद्ध संक्रामक रोग नियन्त्रण ऐन अनुसार कार्वाही हुने


११ साउन, काठमाडौं । कोरोना भाइरस संक्रमणको दर बढिरहेका वेला मास्कको प्रयोग हट्न थालोकोले अवदेखि बाटोमा हिंड्दा मास्क नलगाउनलेलाई सरकारले संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्ने भएको छ।

मास्क नलगाइ घरबाहिर निस्कने विरुद्ध कडा रुपमा प्रस्तुत हुन गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ ।

आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र जारी गर्दै मास्क प्रयोग नगर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन भनिएको हो ।

छिल्लो समय जनस्तरबाट लापरबाही बढेकाले जोखिम बढ्न सक्ने उल्लेख गर्दै यो परिपत्र जारी गर्नुपरेको गृहमन्त्रालय श्रोतले जाकारी दियो ।

साथै, कारबाहीको विवरण पनि दैनिक रुपमा हरेक जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा बुझाउनुपर्ने छ ।


क्याटेगोरी : भिडियो, समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस