Techie IT
×
गृहपृष्ठसमाचारपत्रकार आपतकालिन राहत कोषमा झिल्को डटकमको आर्थिक सहयोग

पत्रकार आपतकालिन राहत कोषमा झिल्को डटकमको आर्थिक सहयोग


काठमाडौं, ११ साउन । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले स्थापना गरेको पत्रकार आपतकालिन राहत कोषमा समयबद्ध प्रकाशन प्रा.लि.द्वारा प्रसारित झिल्को डटकमले १० हजार रुपैयाँ प्रदान गरेको छ ।

सो रकम आइतबार झिल्को टिमका तर्फबाट कार्यकारी सम्पादक कृष्ण लेकाली र सूर्य सुवेदीले पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शन्तराम बिडारीलाई हस्तान्तरण गरेका हुन् । उक्त कोषमा आइतबार नै वाङ्ला पब्लिक सेफ्टी ट्रेनिङ सेन्टरका भरत आचार्यले पनि १० हजार रुपैयाँ प्रदान गरेका छन् ।

कार्यकारी सम्पादक फणीन्द्र फुयाल र प्रवन्ध सम्पादक उदय भट्टराईले झिल्कोले आगामी दिनमा पनि आपत बिपतमा परेका पत्रकारहरुका लागि आफुहरुले सकेको सहयोग गर्दै जाने बताएका छन् ।

रकम ग्रहण गर्दै अध्यक्ष बिडारीले काठमाडौं शाखामा ६६–७० उमेर भन्दा माथिका बयोबृद्ध पत्रकारहरु ७० जना भन्दा बढी रहेको र शाखामा मृर्गौला, सुगर, प्रेसर र अन्य दीर्घरोग लागेका धेरै पत्रकारहरु भएका हँदा उनीहरुलाई केही राहत प्रदान गर्न सकियोस् भनेर कोष स्थापना गरिएको बताए । उनले केही दीर्घरोगी पत्रकारहरुलाई शाखाले सकेको आर्थिक सहयोग यसअघि पनि प्रदान गरिसकेको बताए ।

कार्यकारी सम्पादक फणीन्द्र फुयाल र प्रवन्ध सम्पादक उदय भट्टराईले झिल्कोले आगामी दिनमा पनि आपत बिपतमा परेका पत्रकारहरुका लागि आफुहरुले सकेको सहयोग गर्दै जाने बताएका छन् ।

शाखामा बिभिन्न समाजसेवी, तथा पत्रकारहरुले स्वस्फूर्त रुपमा रकम हस्तान्तरण गरिरहेको शाखाका उपाध्यक्ष सूर्य सुवेदीले बताए ।

रकम हस्तान्तरण गर्दै झिल्कोका कार्यकारी सम्पादक कृष्ण लेकालीले कोरोनाको मारमा परेका र दीर्घरोगी पत्रकार साथीहरुलाई केही राहत होस् भन्ने हेतुले शाखाको कोषमा संस्थाले सानै भएपनि रकम प्रदान गरेको बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot


तपाईको प्रतिक्रिया दिनुहोस