Techie IT
×
गृहपृष्ठप्रदेशकर्णाली प्रदेशस्यार्पु तालमा डुबेका युवकको शव भेटियो

स्यार्पु तालमा डुबेका युवकको शव भेटियो


रुकुम, १० साउन । रुकुम पश्चिको बाँफिकोटमा रहेको स्यार्पु तालमा साउन ७ गते डुबेका एक युवकको शव चार दिनपछि भेटिएको छ ।
बाँफिकोट गाउँपालिका–५, वडगाउँका २० वर्षीय अनिल घर्तीको शव शनिबार दिउँसो १ बजेतिर स्थानीयले तालमै भेटाएका हुन् ।

बाँफिकोट गाउँपालिकाको ३ र ५ नम्बर वडामा फैलिएको त्यस तालको ५ नम्बर वडातर्फको क्षेत्रमा शव भेटिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए। स्थानीय गोर्ख दहालले उनको शव भेटाएका हुन् । घर्ती डुबेकै ठाउँमा उनको शव भेटिएको बताइएको छ ।

साउन ७ गते बल्छी खेल्न गएका घर्ती दिउँसो १ बजेतिर स्यार्पुतालमा डुबेका थिए । आफू असजिलोमा परेको भन्दै कराएपछि उनलाई बचाउन गएका वडगाउँकै २३ वर्षीय लोकबहादुर घर्तीको ज्यान गएको थियो । लोकबहादुरको शव भने त्यही दिन फेला परेको थियो ।


क्याटेगोरी : प्रदेश, कर्णाली प्रदेश, समाचार


प्रतिक्रिया दिनुहोस