अनिश्चितकालीन निषेधाज्ञापछि वीरगंज सुनसान
वीरगंज । वीरगंजलगायत पर्सा जिल्लामा शनिवार विहान ५ बजेदेखि निषेधाज्ञा जारी भएपछि जिल्लाभर सुनसान भएको छ। शुक्रबार संकट व्यवस्थापन केन्द्र पर्साले निर्णय गरेर लकडाउन गरेको थियो ।
पछिल्लो समय देशभरबाट लकडाउन हटेपनि पर्शा जिल्लामा भने कोरोना संक्रमित बढ्दै गएपछि विभिन्न राजनीतिक दलको माग बमोजिम निषेधाज्ञा जारी गरिएको हो। अहिले विरगञ्जका उद्योग व्यापार, पसललगायत सबै बन्द छन्। राजमार्ग तथा भित्री गल्लीहरुमा पनि सर्वसधारण तथा सवारी नचल्दा सडक सुनसान देखिएका छन्।
विरगञ्जका सडकमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीको आवतजावत मात्र देखिएको छ। पर्सामा १० दिनभित्र ८३ जना संक्रमित थपिएपछि निषेधाज्ञा लगाई मास टेस्टिङबारे गृहकार्य भइरहको र प्रशासनले थप कडाई गरेको छ।
क्याटेगोरी :
समाचार,
मधेस प्रदेश
ट्याग : #hot