Techie IT
  • २०८१ जेष्ठ ५, शनिबार

जिसस स्याङ्जाको गाडी दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते


स्याङ्जा, २५ जेठ । गाडी दुर्घटना हुँदा स्याङ्जामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। जिल्लाको अर्जुनचौपारी गाउँपालिका ३ खोलेमा जिल्ला समन्वय समिति स्याङ्जाको गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। मृत्यु हुने सवारी चालक वालिङ ४ एलादीका ३५ वर्षीय अमृत खनाल रहेका छन्। स्याङ्जाको सिरुवारीबाट स्याङ्जा सदरमुकामतर्फ फर्कँदै गरेको बा१झ ५८७८ नम्बरको गाडीमा सवार अन्य ३ जना घाइते भएका हुन्। दुर्घटनामा परी जिल्ला समन्वय अधिकारी राजेन्द्र पौडेल, विद्युत् कार्यालय स्याङ्जाका सुपरभाइजर टीकाराम पौडेल र अम्बिका पौडेल घाइते भएका छन्। गाडी सडकबाट तल खसेर दुर्घटना भएको हो। दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट