गृहपृष्ठ ∕
समाचार ∕
मोरङमा ट्याक्टरले साइकल यात्रीलाई ठक्कर दिँदा एकको मृत्यु
मोरङमा ट्याक्टरले साइकल यात्रीलाई ठक्कर दिँदा एकको मृत्यु
काठमाडौं । मोरङमा आज बिहान ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
बिहान साढे ८ बजेतिर मोरङ कटहरी गाउँपालिका हल्दिबारीस्थित भित्री सडकमा को २ त १३७६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा साइकलमा आउँदै गरेका एक पुरुषको मृत्यु भएको हो। साइकलमा आउँदै गरेका आएका ५० वर्षीय पुरुष विलट राजभरलाई विपरीत दिशाबाट आएको ट्याक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भइ उपचारका लागि कोसी अस्पताल विराटनगर लगिएका राजभरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लोकदर्शन थापाले जानकारी दिए। ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले ट्याक्टर भने नियन्त्रणमा लिएको छ।
क्याटेगोरी :
समाचार