रौतहट स्थित नेपाल भारत सीमामा झडप, सशस्त्र प्रहरीमाथि हँसिया प्रहार
रौतहट । रौटहट स्थित नेपाल भारत सीमा क्षेत्रमा झडप भएको छ । सीमा क्षेत्रमा ड्युटीमा खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरुमाथि भारतीय पक्षले जवरजस्त छिर्न खोजी हातपात गरेपछि झडप भएको हो ।
सरकारले चैत २० गतेदेखि बन्द गरेको सीमा नाकामा भारतीय महिलाहरु घाँस काट्न नेपालतर्फ प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरी बलका जवानहरुले रोकेका थिए ।
घाँस काट्न आएका महिलाहरुले सुरक्षाकर्मीमाथि हातपात गर्न खोजेपछि विवाद बढेको थियो भने त्यस क्रममा भारतको पूर्वी चम्पारण कवैया पञ्चायत ६ खर्सलाहाका सीमा देवी कुशवाहाले आफूले बोकेको हसिया प्रहार गर्दा सशस्त्र प्रहरीका एक जवान घाइते समेत भएका छन् ।
झडपका क्रममा भीडलाई तितरवितर बनाउन एक राउण्ड हवाई फायर गर्नु परेको सशस्त्र प्रहरी बल ११ नम्बर गणले जनाएको छ । घटनाले उग्ररुप लिएपछि ११ नम्बर गण हेडक्वाटरबाट ५० जना र ईलाका प्रहरी कार्यालय मौलापुरबाट ३५ जना सुरक्षाकर्मीको टोली परिचालन भएको थियो ।
सशस्त्र प्रहरी बल २ छिन्नमस्ता बाहिनीका डीआईजी कृष्णभक्त ब्रहृमचार्य समेत घटनास्थल पुथेका थिए ।
घटनमा संलग्न भारतीय नागरिक रविन्द्र प्रसाद कुशवाहालाई पक्राउ गरी गरिएको छ भने अहिले सीमाक्षेत्रको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले बताएको छ ।
क्याटेगोरी :
समाचार,
मधेस प्रदेश
ट्याग : #hot