Techie IT
×
गृहपृष्ठसमाचारमौवाखोला पुल जोड्न डाइभर्सनबनेसँगै हलुका सवारी संचालनमा आयो

मौवाखोला पुल जोड्न डाइभर्सनबनेसँगै हलुका सवारी संचालनमा आयो


काठमाडौं। पृथ्वीराजमार्ग अन्तर्गतको धादिङ र चितवन जोड्ने मौवाखोला पुल जोड्न डाइभर्सन बनेसँगै एक तर्फी संचालनमा आएको छ।

चार दिन अघि आएको बाढीले पुलको धादिङतिरको पाटो बगाएपछि राजमार्ग नै अवरुद्ध बनेको थियो।

शुक्रबार दिउँसोबाट ग्याविन र माटो भरेर एक तर्फी संचालनमा ल्याइएको छ । यसँगै अहिले साना हलुका सवारी साधन र दुई पाङग्रे सवारी चल्न दिइएको छ भने बेलुकीबाट ठूला सवारीसाधन पनि संचालनमा ल्याइँदैछ । आयोजनाको टोली, सेना, प्रहरी खटेर राजमार्ग संचालनमा ल्याएको हो।


क्याटेगोरी : समाचार
ट्याग : #landslide


प्रतिक्रिया दिनुहोस