Techie IT
×
गृहपृष्ठसमाचारथप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित सं‌ख्या ३४४८ पुग्यो

थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित सं‌ख्या ३४४८ पुग्यो


काठमाडौं । आइतबार थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालभर कूल संक्रमितको संख्या ३४४८ पुगेको बताए।

आज थपिएका संक्रमितमध्ये २ सय ९ जना पुरुष र ४ जना महिला रहेका छन् ।  त्यस्तै, नेपालमा कोरोना भाइरस निको भएर ४६७ जना घर फर्किएका छन् भने १३ जनाको मृत्यु भइसकेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस