Techie IT
×
गृहपृष्ठसमाचारथप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि

थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । शुक्रबार नेपालमा थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ८७ जनाको परीक्षण गर्दा १ सय ३३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यसदिन थपिएका संक्रमितमध्ये १० जना काठमाडौंका रहेका छन्। त्यस्तै कोरोना संक्रमण निको भई १ सय ७ जना निको भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ९४७ पुगेको छ ।

यस्तै नेपालमा थप एक जना काेराेना संक्रमितकाे निधन भएकाे छ । निधन हुने वीरगञ्ज ११, त्रीपुरा रानीघाटकी ८५ वर्षकी वृद्ध हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले दिएकाे जानकारी अनुसार ती वृद्धकाे साउन ९ गते बिहान ६ ः ४५ मा निधन भएकाे हाे । याेसँगै नेपालमा हालसम्म ४४ जना काेराेना संक्रमितकाे निधन भएकाे छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #breaking, #Corona


Leave a Reply

Your email address will not be published. Required fields are marked *