काठमाडौंबाट सुनको सिक्री लुटेरा पक्राउ
काठमाडौं, ९ साउन । काठमाडौं महानगरपालिका–२३ झोंछेस्थित सडकमा हिँडिरहेकी महिलाले लगाएको ८.६४ ग्राम बराबरको सुनको सिक्री लुटने तथा लुटेको सिक्री किनबेच गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं चन्द्रागिरी नगरपालिका–१४ बस्नेहरु ३२ वर्षीय अकेश नकर्मी र ३१ वर्षीया नेहा नकर्मी, नुवाकोट घर भई हाल काठमाडौं महानगरपालिका–१४ नैकाप बस्ने २२ वर्षीय विक्की मगर र काठमाडौं महानगरपालिका(१५ डल्लु ठेगाना भएका माँ हारती सरण सुनचाँदि पसलका संचालक ६३ वर्षीय अशोक शाक्य रहेका छन् ।
उक्त स्थानबाट अपरिचित मानिसहरुले सडकमा हिँडिरहेकी १ महिलाले लगाएको सिक्री लुटी फरार भएका भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उक्त सुनको सिक्री सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये अकेश र विक्की सिक्री लुट्ने, नेहाले बेच्ने र अशोक किन्ने कार्यमा संलग्न रहेको खुल्न आएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
क्याटेगोरी :
समाचार