Techie IT
×
गृहपृष्ठसमाचारभक्तपुरमा चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

भक्तपुरमा चोरी मुद्दाका फरार अभियुक्त पक्राउ


भक्तपुर, ९ साउन । चोरी मुद्दाका २ जना फरार अभियुक्तलाई बिहीबार प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर सूर्यविनायक नगरपालिका–५ सुवर्णचोक बस्ने २५ वर्षीय सुजन दाहाल र सोही नगरपालिका–६ बनाचौर बस्ने ३२ वर्षीय मिलन पाण्डे रहेका छन् ।

भक्तपुर जिल्ला अदालतको २०७५ असार ११ गतेको फैसला अनुसार १ वर्ष ६ महिना कैद र २ लाख २७ हजार १ सय रुपैयाँ जरिवाना भएका उनीहरुलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा फेला पारी पक्राउ गरेको हो ।

उनीहरुलाई भक्तपुर जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले फैसला कार्यान्वयनको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार