Techie IT
×
गृहपृष्ठप्रदेशसेनाको कुटाइबाट मृत्यु भएको घटनाबारे छानबिन सुरु

सेनाको कुटाइबाट मृत्यु भएको घटनाबारे छानबिन सुरु


काठमाडौं, ९ साउन । सेनाको कुटाइबाट चितवन राष्ट्रिय निकुञ्जमा एक युवकको मृत्यु भएपछि नेपाली सेनाले छानबिन सुरू गरेको बताएको छ।

शुक्रबार सेनाले विज्ञप्ति जारी गर्दै आफ्नो आन्तरिक छानबिन सुरू गरिसकेको र अधिकार प्राप्त सरकारी निकायहरूले गरिरहेको विस्तृत छानबिनमा पूर्ण सहयोग गर्ने बताएको छ ।

पूर्वी चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको सेनाको कुटाइबाट मृत्यु भएको समाचार प्रकाशित भएकपछि छानबिन सुरु भएको हो ।

गत साउन १ गते चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा बसेका सैनिकले राजकुमारसहित ७ जनालाई नियन्त्रणमा लिएको थियो। राजकुमारको भने उपचारको क्रममा बुधबार मृत्यु भएको हो।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस