कोरोना संक्रमित भेटिएपछि विराट नर्सिङ होम सिल
विराटनगर, ९ साउन । अस्पतालका चिकित्सक तथा सञ्चालकलाई कोरोना भाइरस पोजिटिभ देखिएपछि विराटनगरस्थित विराट नर्सिङ होम सिल गरिएको छ ।
बुधबार अस्पतालको स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सकको स्वाब परीक्षण प्रतिवेदन कोभिड–१९ पोजिटिभ पुष्टि भएको थियो ।
निजी अस्पताल विराटले पहिचान लुकाएर स्वाब कोशी अस्पतालको ल्याबमा परीक्षणका लागि पठाएको थियो । कोशीको ल्याबले पोजिटिभ रिपोर्ट दिएपछि सङ्क्रमितको पहिचान विराटनगर अस्पतालले लुकाएको थियो ।
बुधबारदेखि मोरङ प्रहरी र विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाको टोलिले सङ्क्रमितको खोजी गरेका थिए । पहिचान लुकाएका कारण सङ्क्रमित पहिचान हुन नसकेपछि मोरङ प्रहरीले बुधबार साँझदेखि नै अस्पतालभित्रैका सदस्य भएको हुनसक्ने आशङ्का गर्दै अनुसन्धान सुरु गरेको थियो । बिहीबार अस्पतालले प्रशासनले सङ्क्रमितको पहिचान खुलाएको थियो ।
बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको बैठकले तत्काल अस्पताल सिल गर्ने निर्णय गरेको थियो । त्यसपछि विराटनगर महानगरपालिकाले अस्पतालक सिल गरेर कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरेको हो ।
विराटनगर महानगरपालिकाका जनस्वास्थ्य प्रमुख रमेश कार्कीले अस्पतालको गेटमा सूचना टाँस गरेर अनिश्चितकालका लागि सिलबन्दी गरिएको जानकारी दिनुभयो ।
क्याटेगोरी :
समाचार,
स्वास्थ्य,
कोसी प्रदेश
ट्याग : #Corona