Techie IT
×
गृहपृष्ठप्रदेशकाठमाडौंमा युवतीलाई एसिड हान्ने दुईजना केटाहरु समातिए

काठमाडौंमा युवतीलाई एसिड हान्ने दुईजना केटाहरु समातिए


काठमाडौं, ९ साउन । काठमाडौंको सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने दुई जना केटाहरु पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद छन् । उनीहरु बिहीबार राति ११ बजे डल्लुबाट पक्राउ परेका हुन् ।

उनीहरुले केटीले अर्कै केटालाई मन पराएको थाहा पाएपछि ट्वाइलेट–बाथरुम सफा गर्ने एसिड प्रहार गरेको बताएका छन् ।

बिहीबार साँझ डेराबाट दही किन्न भनेर निस्किएकी ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो । कार्कीले एसिड प्रहार गर्ने व्यक्तिहरुलाई नचिनेको बताए पनि सीसीटीभी फुटेजमा देखिएको हुलियाको आधारमा प्रहरीले दुई जनालाई पक्रन सफल भएको हो ।

अहिले उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
एसिडले पोलेपछि उनी चिच्याउँदै दौडेर कोठा पुगेकी थिइन् । उनको दायाँ भागको कपाल, गाला र घाँटीको केही भागमा एसिड परेको छ ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार