Techie IT
×
गृहपृष्ठसमाचारस्याङजामा एक पुरुषले हसिँयाले आफ्नै अण्डकोष काटे

स्याङजामा एक पुरुषले हसिँयाले आफ्नै अण्डकोष काटे


स्याङजा, ८ साउन । स्याङजामा १ जनाले आफ्नै अन्डकोष हसिँयाले काटेका छन् । स्याङ्जा पुतली बजार नगरपालिका वडा नं २ बस्ने काभ्रेका ४५ बर्षका सुक बहादुर गुरुङले बुधबार साँझ घाँस काट्ने हँसियाले आफ्ना दुइवटै अण्डकोष छिनालेका थिए । जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका अनुसार गुरुङको मानसिक सन्तुलन ठिक नभएको र सोही कारण उनले अन्डकोष काटेको बुझिएको छ ।

गुरुङको अन्डकोष चुँडिएको अवस्थामा भेटिएछि जिल्ला अस्पताल स्याङ्जाको उपचारपछि थप उपचारको लागि गण्डकी हस्पिटल पोखरा रिफर गरिएको छ । उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार