ललितपुरमा दुई कार र मोटरसाइकल एक्कैपटक ठोक्किए
ललितपुरको झम्सिखेलमा बिहीबार दुईवटा कार र एउटा मोटरसाइकल एक्कैपटक ठोक्किँदा एक जना घाइते भएका छन्।
भनिमण्डलबाट झम्सीखेलतर्फ जाँदै गरेको बा ८ च ७२५६ नम्बरको कारको टायर पञ्चर भएर विपरीत दिशाबाट आउँदै गरेको बा ११ च ११७० नम्बरको कारसँग ठोक्किए थियो।
सोहीबेला पछाडिबाट आउँदै गरेको प्रदेश २–०३–००३ प ६८३४ नम्बरको मोटरसाइकल पनि ठोक्किएको ट्राफिक प्रहरीले जनाएको छ। दुर्घटना हुँदा मोटरसाइकल चालक सामान्य घाइते भएका छन्।
घाइतेको अल्का अस्पतालमा उपचार भइरहेको छ ।
क्याटेगोरी :
समाचार