Techie IT
×
गृहपृष्ठसमाचारविराट नर्सिङ होमले कोरोना संक्रमितको विवरण लुकाएको खुलासा

विराट नर्सिङ होमले कोरोना संक्रमितको विवरण लुकाएको खुलासा


विराटनगर । सम्पर्कविहीन भएका कोरोना भाइरस (कोभिड–१९) का संक्रमितलाई विराट नर्सिङ होमले लुकाएको खुलासा भएको छ ।

बिराट नर्सिङ होमद्वारा स्वाब संकलन गरिएका ५० वर्षका पुरुषमा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । तर प्रयोगशालामा टिपाइएका नाम, ठेगाना र टेलिफोन नम्बरका आधारमा प्रहरी र विराटनगर महानगरपालिकाको स्वास्थ्य शाखाको टोलीले आइसोलेसनमा ल्याउन संक्रमितको खोजी गर्दा नभेट्टाएपछि अस्पतालले नै स्वाब संकलन गरी प्रयोगशालामा पठाउँदा नाम, ठेगाना, उमेर र मोवाइल नम्बर गलत राखेको खुलासा भएको हो । अस्पतलले स्वाब संकलन गरेका व्यक्ति अस्पतालकै कर्मचारी भएपनि उनलाई लुकाउन प्रयोगशालामा स्वाब पठाउँदा विवरण गलत राखिएको खुल्न आएको हो ।

ििबराटनगर महानगरपालिकाले भने अस्पतालले बदमासी गरेका कारण प्रहरी र स्वास्थ्यकर्मीले अनावश्यक दुःख पाएको बताएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस