Techie IT
×
गृहपृष्ठसमाचारजनकपुरमा नगद लुटपाट

जनकपुरमा नगद लुटपाट


धनुषा, ८ साउन । जनकपुरउपमहानगरपालिका–१७ कपिलेश्वर जलाद पुल नजिकबाट कमला नगरपालिका–२ बस्ने २० वर्षीय धिरज कुमारअधिकारीको साथमा रहेको नगद ३ लाख ७६ हजार रुपैयाँ बुधबार दिउँसो लुटपाट भएको छ ।
ज.१० प९७ नम्बरको मोटरसाइकलमा सवार अधिकारी यदुकुवाबाट जनकपुरतर्फ जाँदै गरेकोअवस्थामा हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जना अपरिचित व्यक्तिले उनको साथमा रहेको उक्त नगदलुटी फरार भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले हंशपुर नगरपालिका–५ सुगानिकासबाट शंकास्पद २ जनालाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार