Techie IT
  • २०८१ वैशाख १३, बिहीबार

प्रधानमन्त्री प्रचण्ड,रवि लामिछानेपछि बालेन पनि भारततर्फ


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) भारत लागेका छन् । बिहीबार बालेन आफ्नी पत्नी सविना काफ्लेसँग भारत गएका हुन् । शाहले उपप्रमुख सुनिता डंगोललाई कार्यवाहकको जिम्मेवारी दिएर भारत गएको बताइएको छ ।
आफू कामको सिलसिलामा जेठ १८ गतेदेखि काठमाडौं बाहिर जानुपर्ने भएकोले फर्कि नआएसम्मकालागि कार्यवाहक प्रमुख भएर काम गर्न बालेनले सूचना जारी गरेका छन् । यद्यपी भारत जानुको ठोस कारणबारे भने उनले खुलाएका छैनन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिबेला भारत भ्रमणमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टिका रवि लामिछाने पनि पत्नी निकिता पौडेलकासाथमा भारत लागेका छन् । निजी कामले मुम्बईमा रहेकाे रविले फेसबुकमा स्टाटस लेख्दै बताएका थिए । यिनै खबरबीच काठमाडौं महानगरपालिकाका मेयर बोलेन्द्र शाहको भारत भ्रमणलाई लिएर यतिबेला अनेकौं अड्कलबाजी गरिएको छ ।


तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट