गृहपृष्ठ ∕
समाचार ∕
कान्तिपुर मिडियाका बन्द गरिएका पत्रिका पुनः प्रकाशनको तयारी
कान्तिपुर मिडियाका बन्द गरिएका पत्रिका पुनः प्रकाशनको तयारी
काठमाडौं । कान्तिपुर मिडियाले नेपाल, नारी, साप्ताहिकसहितका प्रकाशन बन्द गरिएको भन्दै ५४ जना पत्रकारहरुलाई कामबाट निश्कासन ग¥यो । पत्रकारहरुलाई निश्कासन गरेपछि उसले ती पत्रिकाहरु निकाल्ने तयारी गरेको कान्तिपुर मिडिया सम्बद्ध स्रोतले बतायो ।
साप्ताहिकलाई सञ्जीव सतगैयाका नाममा निकाल्ने योजनाका साथ काठमाडौंको प्रमुख जिल्ला अधिकारीको कार्यालयलाई जानकारी गराइएको छ । सञ्जीव काठमाडौं पोस्टका सम्पादक छन् ।
नेपाल यज्ञश पण्डित र नारी उपसना घिमिरेको नाममा निकाल्ने गरी प्रमुख जिल्ला अधिकारी कार्यालयमा जानकारी गराइएको छ । यज्ञश इकान्तिपुरका सम्पादक हुन भने उपसना नारीको संयोजक थिइन ।
कोरोनाका कारण आर्थिक सङ्कट परेको भन्दै ५४ जना एकैपटक श्रमजीवी पत्रकार निकालेर त्यही पत्रिका पुनः प्रकाशन गर्ने तयारीमा कैलाश सिरोहिया लाग्नुले उनले आर्थिक संकटका कारणले होइन कि मन नपर्नेहरुलाई निकाल्ने अवसरका रुपमा लिएको देखिएको छ ।
कान्तिपुरलाई आर्थिक संकट परेकाले दुई रुपियाँ दिनुस भन्दै सडकमा उठाएर कान्तिपुर प्रशासनलाई बुझाइएको रकम पछि कैलाश सिरोहियाले गार्डलाई लगाएर सडकमा फालिदिएको समाचार छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैशीको नेतृत्वमा सडकमा चन्दा उठाएर बुझाउने काम भएको थियो ।
क्याटेगोरी :
समाचार
ट्याग : #breaking