Techie IT
  • २०८१ जेष्ठ ५, शनिबार

गोरखापत्र संस्थानको संचालक समिति सदस्यमा लेखनाथ न्यौपाने नियुक्त


काठमाडौं, १८ जेठ । गोरखापत्र संस्थानको संचालक समिति सदस्यमा पत्रकार लेखनाथ न्यौपाने नियुक्त भएका छन् । नेपाल पत्रकार महासंघका लेखा समिति संयोजकसमेत रहेका न्यौपानेलाई जेठ १७ गतेको मन्त्रीस्तरीय निर्णयबाट सञ्चार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले नियुक्तका लागि सिफारिस गरेकी हुन् । पत्रकार न्यौपाने दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन् । अर्घाखाँची पाणिनीका स्थायी बासिन्दा न्यौपानेले त्रभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गरेका छन् ।  



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट