Techie IT
×
गृहपृष्ठप्रदेशशुक्लाफाँटा नगरपालिका कार्यालयमा आगजनी

शुक्लाफाँटा नगरपालिका कार्यालयमा आगजनी


कञ्चनपुर, ८ साउन । अज्ञात समूहले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ को वडा कार्यालयमा गएराति आगजनी गरेको छ।

आगजनीबाट वडा कार्यालयको प्रशासन कक्ष, सभा कक्ष र वडा सचिवको कार्यकक्षमा बढी क्षति पुगेको छ। कार्यालय भित्र राखिएका फर्निचर, सोफा, कागजात, कम्प्युटर, फोटोकपी मेसिन, कार्पेट जलेर नोक्सान भएको वडा अध्यक्ष जगतबहादुर सिंहले बताए ।

‘कार्यालय भवनको मुख्य प्रवेशद्वारको ताला टुटाउन नसकेपछि झ्यालको सिसा तोडेर पेट्रोल छर्केर आगजनी गरिएको छ। उनले भने, ‘राष्ट्रिय परिचय पत्र वितरण गर्न ल्याइएका उपकरणमा समेत आगजनी बाट क्षति भएको छ।’ शुरक्षाकर्मीको टोली वडा कार्यालयमा भर्खरै पुगेको छ। के कति क्षति भएको छ। यकिन विवरण संकलनको कार्य भैरहेको वडा अध्यक्ष सिंहले बताए।


क्याटेगोरी : प्रदेश, सुदूरपश्चिम प्रदेश, समाचार


प्रतिक्रिया दिनुहोस