Techie IT
×
गृहपृष्ठसमाचारथप २ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

थप २ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


बुधबार दुई सय ७९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । संक्रमितमध्य २५७ जना पुरुष र २२ जना महिला रहेका छन् । योसँगै नेपालभर हालसम्म चार हजार तीन सय ६४ जना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा प्रवक्ता जागेश्वर गौतमका अनुसार संक्रमितहरु मोरंगका ८ जना पुरुष, झापाका एक महिला,झापाका चार जना पुरुष,चितवनका दुई पुरुष,उदयपुरका एक पुरुष,नवलपुरका एक पुरुष,सर्लाहीका दुई पुरुष,कपिलवस्तुका ७ पुरुष,नवलपरासीका ५ जना पुरुष,पाल्पाका १२ जनामध्य एक महिला र ११ जना पुरुष,प्युठानका ६ जना पुरुष र रुपन्देहीका ७ पुरुषहरु रहेका छन् । यसैगरि बाँकेका तीन जना पुरुष,बर्दियाका एक जना पुरुष,सप्तरीका ६ जना मध्य एक महिला र ५ जना पुरुष, दैलेखका २ महिला र २३ जना पुरुष,जाजरकोटका ३ जना पुरुष, सुर्खेतका ६ जना पुरुष र तीन जना महिला ,दार्चुलाका एक पुरुष कैलालीका २ महिला र १० जना पुरुष,कन्चनपुरका दुई पुुरुषहरु रहेका छन् ।

त्यसैगरि बिहीबार भेटिएका संक्रमितमध्य डडेलधुराका एक पुरुष,सर्लाहीका १० पुरुष, कपिलवस्तुका १९ जनामध्य एक महिला र बालकसहित १८ पुरुष, धादिंगका १६ जना ४ महिला र १२ पुरुष,धनुषाका ११ जना पुरुष,गोरखाका ४ जना मध्य एक महिला र तीन पुरुष, कपिलवस्तुका २२ जना मध्य बालिका सहित ३ महिला र १९ जना पुरुष रहेका छन् । यस्तै नुवाकोटको एक पुरुष,रौतहटका ५३ मध्य एक महिला र ५२ जना पुरुष,सर्लाहीका १५ जना पुरुष, सिन्धुपाल्चोकका दुई पुरुष,उदयपुरका तीन जना मध्य एक जना महिला र दुई पुरुष ,सिराहाका एक जना पुरुषमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।

यस्तै संक्रमण निको भई पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनको संख्या ९० रहेको छ ।जसमध्य दुई महिला र ८८ जना पुरुष रहेका छन्। हालसम्म कुल ६७४ जना डिस्चार्ज भएका छन् ।डिस्चार्ज हुनेमा ५९५ पुरुष र ७९ जना महिला रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


Leave a Reply

Your email address will not be published. Required fields are marked *