गृहपृष्ठ ∕
समाचार ∕
थप १०० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु
थप १०० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु
काठमाडौं, ७ साउन। बुधबार थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएकासँगै कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै, बुधबार कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको छ ।
हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या १२ हजार ६८४ रहेको छ। नेपालमा ५०० भन्दा बढि संक्रमण पाइएकाे जिल्ला राैतहट, कैलाली र बाजुरा हुन् भने काराेना मुक्त हुने भाेजपुर, पाँचथर, धनकुटा, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन् ।
संक्रमितकाे विवरण ः
सुनसरी ः ४
माेरङ ः ३
झापा ः १
ताप्लेजुङ ः ३
सप्तरी ः १८
धनुषा ः ५
बारा ः ३
पर्सा ः ६
काठमाडाैं ः ३
सर्लाही ः ३
चितवन ः १
लम्जुङ ः ७
स्याङजा ः ३
बाग्लुङ ः ३
बाँके ः ३
बर्दिया ः २
सल्यान ः २
कालीकाेट ः ६
दैलेख ः १६
बझाङ ः १
डाेटी ः ७
क्याटेगोरी :
समाचार
ट्याग : #breaking,
#Corona