Techie IT
×
गृहपृष्ठसमाचारकोरोनबाट नेपालमा पहिलो विदेशी नागरिकको मृत्यु

कोरोनबाट नेपालमा पहिलो विदेशी नागरिकको मृत्यु


काठमाडौं, ७ साउन । कोरोना भाइरसको संक्रमणबाट त्रिवि शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको छ । शिक्षण अस्पतालमा उपचाररत ५८ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका निर्देशक डा. रोहित पौडेलले पुष्टि गरे ।

उनी मंगलबार बेलुका अस्पताल भर्ना भएको र बुधबार बिहान मृत्यु भएको जनाइएको छ । उनलाई ग्रान्डी अस्पतालबाट टिचिङमा रिफर गरिएको बताइएको छ ।

ग्रान्डी अस्पतालमा हुँदा नै उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको शव अस्पतालमै रहेको र दूतावासको रोहवरमा सेनाले शव व्यवस्थापन गर्ने निर्देशक पौडेलले बताए । कोरोना संक्रमणबाट नेपालमा विदेशी नागरिकको मृत्यु भएको यो पहिलो घटना हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #Corona


प्रतिक्रिया दिनुहोस