Techie IT
×
गृहपृष्ठसमाचारगर्भवतीको हेलिकप्टरमार्फत उद्धार

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार


जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटाकी गर्भवतीको आज नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

साप्पाटाकी २३ वर्षीया शर्मिला बुढाको सेनाको हेलिकप्टरमा नेपालगञ्ज पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए । महिलाको पेटमा शिशु मरेकाले कोल्टीमा उपचार सम्भव नभएपछि नेपालगञ्ज रिफर गरिएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर राजुराज जैशीले जानकारी दिए । गर्भवती बुढाको अवस्था जटिल हुने अवस्था पुगेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

वडाध्यक्षको मृत्यु

बाजुराको बूढीगङ्गा नगरपालिका–१ का वडाध्यक्षको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–१ का वडाध्यक्ष ६८ वर्षीया राजेशकुमार सिंह रहेको वडासदस्य ललित थापाले बताए ।

घरको पूजा गर्ने तयारीमा नुहाएर आएर एक्कासि बेहोस भएपछि मृत्यु भएको स्थानीय आफन्तसमेत रहेका भरतराज उपाध्यायले जानकारी दिए । मृतक सिंह नेपाली काँग्रेसबाट निर्वाचित वडाअध्यक्ष थिए ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस