Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेशपूर्व सांसद बर्मन बुढाको निधन

पूर्व सांसद बर्मन बुढाको निधन


रोल्पा, ७ साउन । पूर्व सांसद बर्मन बुढामगरको निधन भएको छ । ९० वर्षका बुढामगरको उपचारको क्रममा आज बिहान साढे ४ बजे ललितपुरको पाटन अस्पतालमा निधन भएको हो ।

वि.सं. १९८७ साउन १७ गते रोल्पाको थबाङमा जन्मिएका उनी नेपाली कम्युनिष्ट आन्दोलनका एक आदर्श व्यक्तित्वको रुपमा चिनिन्छन् ।

बुढा २०४८ सालमा रोल्पाको क्षेत्र नं. १ बाट तत्कालिन जनमोर्चाको तर्फबाट सांसदमा निर्वाचित भएका थिए । त्यसअघि उनी थबाङको मुखिया, प्रधानपञ्चसमेत थिए । उनी केही समयदेखि पेटको क्यान्सरबाट पीडित थिए।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएका छन् ।


क्याटेगोरी : प्रदेश, प्रदेश ५, समाचार, संसद


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार