Techie IT
×
गृहपृष्ठसमाचारचीनको च्छो तालमा पानीको सतह घट्यो, फुट्ने सम्भावना टर्दै

चीनको च्छो तालमा पानीको सतह घट्यो, फुट्ने सम्भावना टर्दै


सिन्धुपाल्चोक, ७ साउन । तिब्बतको खासा क्षेत्रमा रहेको केरुङ च्छो तालमा पानीको सतह घट्न थालेपछि उक्त ताल फुट्ने सम्भावना टरेको जानकारी प्राप्त भएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार चीनको न्यालम र खासा वैदेशिक विभाग प्रमुख र प्रतिनिधिहरूले उक्त ताल क्षेत्रमा वर्षात हुन छाडेपछि तालको पानी एक मिटर कम भएको हुँदा ताल फुट्ने सम्भावना कम भएको बताइएको छ । सोमबार बेलुका भने तालमा पानी ओभरफ्लो भएर फुट्ने सम्भावना भएको चिनियाँ पक्षले बताएको प्रजिअ ढकालले बताए ।

दिनभर चिनियाँ भूगर्भविदको सात जनाको टोलीले सो ताल फुट्नसक्ने वा नसक्नेबारे अध्ययन गरिरहेको र हाललाई भने नफुट्ने सभावना रहेको खबर प्राप्त भएको प्रजिअ ढकालले जानकारी दिएका छन् । उक्त टोलीले ताल फुट्नसक्ने वा नसक्नेबारे अध्ययन गरिरहँदा भोटेकोशी, सुनकोशी नदी आसपास क्षेत्रमा बसोबास गर्नेहरूलाई सर्तकतापूर्वक बस्न आग्रह पनि गरिएको छ । नेपालको उत्तरी सीमा तातोपानीबाट उक्त ताल ५० किलोमिटर पर रहेको बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस