सिकागो मसान घाटमा गोली चल्यो
काठमाडौ । अमेरिकाको सिकागो मसान घाट‘फनरल होम’मा गोली प्रहार भएको छ ।
तत्काल प्राप्त जानकारी अनुसार केही मानिस घाइते भएका छन् । स्थानीय सञ्चार माध्यमहरुका अनुसार गम्भीर घाइते र मर्नेहरुको संख्या यकिन हुन बाँकी रहेको छ ।
जरमेन्ट टेरीले ट्विटरमा जनाए अनुसार १६ जनालाई गोली लागेको छ । टिवटरमा उल्लेख भए अनुसार घाइतेहरु आफै अस्पताल तर्फ गए भने कतिपयलाई एम्बुलेन्सले बोकी लगेको देखिएको जनाइएको छ ।
फनरल होममा भएको गोली प्रहारबारे थप जानकारी आउन बाँकी रहेको छ ।
क्याटेगोरी :
समाचार
ट्याग : #breaking