जेफ बेजोसले एकै दिनमा १३ अर्ब अमेरिकी डलर कमाए
काठमाडौ । विश्वका एक नम्बर अर्बपति अमेरिकाका जेफ बेजोसले एकै दिन १३ अर्ब अमेरिकी डलर बराबरको शुद्ध सम्पत्ति जोडेका छन् ।
गएको सोमबार एकै दिन भएको जोडिएको शुद्ध सम्पति १३ अर्ब अमेरिकी डलर बराबर रहेको देखिएको छ । ब्लुम्बर्ग बिलिनिर्स इन्डेक्सले सन् २०१२ एकै दिन हुने कुनै व्यक्तिको यो आम्दानी सबै भन्दा बढी रहेको देखिएको छ ।
सन् २०१८यता अमेजन कम इंकको शेयर मूल्य ७.९ प्रतिशतले बढेर७३ प्रतिशत यो वर्ष पुगेको हो । यो वर्ष बेजोसको सम्पत्तिमा ७४ अर्ब अमेरकी डलर थपिएर सन् २०२०मा उनको सम्पत्ति १८९.३ अर्ब अमेरिकी डलर बराबर पुगेको छ ।
बेजोसकी पूर्व पत्नी म्याकेनजी बेजोसले सोमबार ४.६ अर्ब अमेरिकी डलर बराबरको व्यक्ति सम्पत्ति जोड्न पुगेकी हुन् । यो सम्पत्ति बृद्धिसँगै उनी विश्वकी १३ औं अर्बपति बनेकी छिन् ।
यो वर्ष सम्पत्ति जोड्नेहरुमा एलन मस्क र मार्क जुकरबर्ग पनि रहेका छन् ।
क्याटेगोरी :
समाचार
ट्याग : #breaking